दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिवनका दुई छात्रालाई उच्च शिक्षा हाँसिल गर्न सहयोगी दाता जुटेका छन् । हरिवन नगरपालिका ८ निवासी अञ्जली शर्माले हरिवनका विपन्न दुई छात्राको उच्च शिक्षा सम्म पढाउने जिम्मेवारी लिएकी हुन ।
हरिवन नगरपालिका ८ घर भई हाल अमेरिका बस्ने शर्माले सबै नेपाली नागरिकको शिक्षामा पहुँचमा होस भन्ने उदेश्यका साथ विपन्न दुई छात्राको उच्च शिक्षा सम्म पढाउने जिम्मेवारी लिएकी बागमती सेवा समाज नेपालका अध्यक्ष एवम हरिवनका समाजसेवी भरत कुमार कार्कीले जानकारी दिए ।
बागमती सेवा समाज नेपालका अध्यक्ष कार्कीको विशेष पहलमा शर्माले हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता नमुना माविको कक्षा ८ मा अध्यायनरत दुर्गा थापा र जनजागृती माबिमा कक्षा ७ मा अध्यायनरत हरिवन नगरपालिका ८ कै भवानी थापालाई उच्च शिक्षा सम्म पढाउने जिम्मेवारी लिएकी हुन ।
शर्माले दुवै छात्राहरुलाई रु २० हजार आर्थिक सहयोग गरी उनीहरुको उच्च शिक्षा सम्मको पठन पाठनको सम्पूर्ण जिम्मेवारी लिएकी स्थानीय समाजसेवी सुकदेव कार्कीले जानकारी दिए । शर्माले उपलब्ध गराएको रकम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले हस्तान्तरण गरेका हुन ।