अनलाईन टोकन प्रणाली हुँदा पनि सर्लाहीमा नागरिकता लिनेहरुको भिड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१५ गते   ६०७ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

सिद्धको नागरिकता भएका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिनेहरुको भिड लागेको छ ।जन्मसिद्धको नागरिकता भएका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सुरु गरिएपछि भिड थेग्न नसकेर अनलाईनबाट टोकन लिनुपर्ने व्यावस्था गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।


उनका अनुसार नागरिकता लिनेहरुको भीड थेग्न गाह्रो भएपछि अनलाईनबाट टोकन लिनुपर्ने र टोकनमा तोकिएको मितिमा सेवा लिन आउनुपर्ने भएकोे छ । अन्य समयमा नागरिकता लिन आउने मानिसहरुको चापलाई व्यावस्थापन गर्ने काम गरिएको भएपनि जन्मसिद्धको नागरिकता भएका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सुरु गरेपछि अतयाधिक भिड लागेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनाथ घिमिरेले बताए । उनका अनुसार कार्यालयले अनलाईनबाट टोकन लिनुपर्ने र टोकनमा तोकिएको मितिमा सेवा लिन आउनुपर्ने बताएपनि सेवाग्राहीको अत्याधिक भीड लागिरहेको छ ।
जिल्लाका अन्य दुई स्थान इलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा पनि जन्मसिद्धको नागरिकता भएका सन्तानलाई वंशजको नागरिकता दिन सुरु भएपछि भिड बढेको इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख रामनरेश रामले बताए । उनका अनुसार एस.ई.ई परिक्षा तथा कक्षा १२ को नतिजा प्रकाशन हुनु र जन्मसिद्धको नागरिकता भएका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सुरु हुनुले नागरिकता लिनेहरुको अत्याधिक भिड लागेको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गरि अनलाईनबाट टोकन लिने प्रक्रियाका लागि सहयोग गरिदिन स्थानीय तहहरु र वडा कार्यालयहरुसँग अनुरोध समेत गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत राम कुमार थापाले जानकारी दिए । उनका अनुसार नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा लाईनमा बसेका मानिसहरु नागरिकता बनाउन के–के कागजात जुटाउनु पर्ने हो?भन्ने अन्यौलमा देखिएका कारण आ–आफ्नो वडा कार्यालयहरुमा गएर बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
जिल्लामा २० स्थानीय तहमा दुई सय वडा रहेका छन् भने जिल्ला प्रशासन कार्यालय र अन्य दुई ईलाका प्रशासन कार्यालयहरुले नागरिकता,राहदानी र राष्ट्रिय परिचय पत्र बनाउनु पर्दा कार्यालयमा सेवाग्राहीहरुको दैनिक भिड लाग्ने गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech