सर्लाहीको लालबन्दी र इश्वरपुर नगरपालिका स्थित रहेका कालिन्जोर खोला र फुलजोर खोलमा अवैध उत्खनन् भएको भन्दै डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले सरोकारवाला निकायलाई पत्राचार गरेको छ।लालबन्दी नगरपालिकाले कालिन्जोर खोला र इश्वरपुर नगरपालिकाले फुलजोर खोला उत्खनन् गर्न भन्दै केही महिना पहिला ठेक्का लगाएका भएपनि “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी९पहिलो संसोधन०मापदण्ड २०७९” एवम प्रचलित ऐन तथा नीयमको प्रक्रिया पुरा नगरी उत्खनन् गरिएको पाइएको भन्दै सरोकारवाला निकायलाई सो अनुसार गर्न गराउन भन्दै पत्राचार गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सूचना अधिकारी एवम सहायक वन अधिकृत राकेश रन्जन दासले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिकाको बैशाख २५ गते २०९४ पत्र संख्याको पत्र प्राप्त भएको तर नदीजन्य पदार्थको ठेक्का पट्टाको परिमाणको विवरण,ठेक्का सरकार कर्ताको विवरण,प्रयोग भएको मेसिनको विवरण र इजाजत,नदीजन्य पदार्थको ढुवानी गर्ने साधनको विवरणका साथै ठेक्का सम्झौता लगायतका कागजातहरु लालबन्दी नगरपालिकाले डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीलाई नबुझाएको कार्यालयको ध्यानाकर्षण भएको हो ।
लालबन्दी नगरपालिकाले कालिन्जोर खोला र इश्वरपुर नगरपालिकाले फुलजोर खोला ठेक्का लगाएका भएपनि नदीजन्य पदार्थको संकलन,उत्खनन् तथा विक्रि वितरण कार्यको ठेक्का व्यावस्था हुनुपुर्व नदीको वातावरणिय अवस्थाको प्राविधिक टोलीले स्थलगत निरिक्षण गरी तयार पारेको प्रतिवेदन अध्यायन पछि मात्र ठेक्का सदर गर्नुपर्ने,नदी जन्य पदार्थको उत्खनन् र संकलनको केन्द्र निर्धारण गरी सो अनुसारको सिमांकन९चिन्ह० वा शंकेत लगाई जिल्ला स्तरीय अनुगमन समितिबाट अनुगमन एवम निर्णय गराएपछि मात्रै नदीजन्य पदार्थ उत्खनन् र संकलनको कार्य गर्नुपर्ने,मेसिनको प्रयोग गर्नुपर्ने भएमा वातावारणीय अध्यायन प्रतिवेदन९आईईई०मा उल्लेख गरिएका सर्तहरु र सिमा भित्र रही नदीजन्य पदार्थको उत्खखन् तथा संकलन गर्नु पर्ने,विपद्को जोखिम र संवेदनसिल क्षेत्रमा मेसिनको प्रयोग गर्नु पर्ने भएमा जिल्ला विपद् व्यावस्थापन समितिको अनुमती लिनु पर्ने कानुनी व्यावस्था रहेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले बताए ।
उनका अनुसार “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी९पहिलो संसोधन०मापदण्ड २०७९”तथा प्रारम्भिक वातावारणीय परिक्षण प्रतिवेदन९आईईई०मा व्यावस्था तथा मापदण्ड पुरा नगरी वन क्षेत्रबाट नदी जन्य पदार्थको उत्खनन् तथा सोसार पसारको काम सुरु गरिएको देखिएकाले “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी९पहिलो संसोधन०मापदण्ड २०७९” एवम प्रचलित ऐन,नीयमको प्रक्रिया पुरा नगरी नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार र संकलन नगर्न आग्रह गर्दै पत्राचार गरिएको हो ।
वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश,प्रदेश वन निर्देशनालय मधेश प्रदेश,जिल्ला समन्वय समितिको कार्यालय सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही,जिल्ला प्रहरी कार्यालय सर्लाही,सशसत्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा।गण सर्लाहीका साथै लालबन्दी नगरपालिका र सव डिभिजन वन कार्यालय लालबन्दी र घारीलाई जेठ २ गते १४९१ पत्र संख्याको बोधार्थ लेखेर पत्राचार गरिएको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले जनाएको छ ।
यता,नदीजन्य पदार्थको ठेक्का लगाउने तथा अनुगमन गर्ने पुर्ण अधिकारी समबन्धति स्थानीय तहहरुलाई रहेकाले आफुहरुले हस्तक्षेप गर्न नसक्ने जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले बताए ।उनका अनुसार नदीजन्य पदार्थको ठेक्का लगाउने काम स्थानीय तहको रहेकाले अनुगमन तथा नियमन पनि सम्बन्धीत स्थानीय तहहरुले नै गर्नुपर्छ ।
तर कालिन्जोर र फुलजोर खोलामा ठेक्का पक्रिया मार्फत भएको नदीजन्य पदार्थको उत्खनन् तथा ओसार पसारमा प्रयोग भएका सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएर सिधै जिल्ला समन्वय समितिको नाममा पत्र बनाएर पठाउने गरेको भएपनि ठेक्का लगाउने स्थानीय तहहरु मौन देखिँदा स्थानीय तहहरु राजश्व संकलनमा मात्रै केन्द्रीत हुने तर जवाफ देही नहुने गरेका स्थानीय निर्माण व्यावसायीहरुको आरोप छ।नगरपालिकाले तोकेको कर९राजश्व०तिरेर,ठेक्का प्रक्रिया मार्फत नगरपालिकाले तोकेको स्थानबाट नदी जन्य पदार्थको उत्खनन् गर्दापनि स्थानीय तहहरु र प्रहरीले मिलेर अनावश्यक दुःख दिने गरेका निर्माण व्यावसायीहरुको गुनासो छ ।