सर्लाहीको लालबन्दी र इश्वरपुर नगरपालिका जोड्ने फूलजोर खोलाको फुल भ्वाँङ परेपछि आवत जावतमा रोक लगाईएको छ।लालबन्दी नगरपालिका ३ जब्दी र ईश्वरपुर नगरपालिका ८ रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलको रामपुरतर्फ भ्वाँङ परेपछि आवत जावतमा रोक लगाईएको हो ।पुललाई जोड्ने पहुँच सडक अर्थात्“एपरोच रोड”मर्मतका लागि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पुलबाट तत्काललाई आवत जावत गर्न र सवारी साधन सञ्चालन गर्न रोक लगाएको हो ।रामपुरतर्फ पुल र सडक जोडिएको भागमा गिट्टी र बालुवा बगेर ठूलो भ्वाँङ पर्दा अत्यन्त जोखिमपूर्ण अवस्था रहेको छ ।

पुलबाट चार पाङ्ग्रे्रे सवारी साधन वारपार हुनै नसक्ने अवस्था आउँदा समेत खतराको सामान्य संकेत समेत नराख्ने र मर्मतमा वेवास्ता भएपनि विभिन्न सञ्चार माध्यामहरुले प्रकाशन प्रसारण गरेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यानाकर्षण भएको हो।वर्षाको समयमा चन्द्रनगर गाउँपालिकाका साथै इश्वरपुर नगरपालिकाका विभिन्न स्थानका मानिसहरुलाई खोलामा ज्यानको जोखिम पारेर खोलाको बाटो प्रयोग गर्नु पर्ने बाध्यतालाई व्यवस्थापन गर्न भन्दै फुल निर्माण गरिएको भएपनि पुल निर्माण कै चरणमा फूलजोर खोलाले विचको एउटा स्पाममा क्षेती पुगेको थियो।जसका कारण निर्धारित समयमा निर्माण सम्पन्न नभएको पुल निर्माण कम्पनीले केही ढिलो गरी भएपनि निर्माण सम्पन्न गरेको भएपनि पुलको दुवै तर्फको पुललाई जोड्ने पहुँच सडक अर्थात्“एपरोच रोड” निर्माण गर्न बाँकी रहेको छ ।

भ्वाँङ परेको पुलको मर्मत सम्भार गर्न भन्दै निर्माण कम्पनीले भ्वाँङ पुर्न भनी ढुङ्गा थुपारिएका कारण पुलबाट आवत जावत गर्न रोक लगाईएको ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्यामबाबु थापाले बताए।उनका अनुसार निर्माण व्यवसायीले तत्कालै पुल मर्मतको काम अघि बढाउने बताएपनि काम सुरु भएको छैन् ।

पुलको अवस्था असाध्य दयनीय बनेको र मर्मत नहुँदा बारम्बार सवारी दुर्घटना हुन थालेपछि तत्काल मर्मत गरिदिन सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुरलाई बारम्बार घच्घच्याइरहेको लालबन्दी नगरपालिका ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले बताए।उनका अनुसार पुलबाट आउजाउ बन्द गरेर तल खोलामा डाइभर्सन बनाई त्यहीँबाट सवारी साधन सञ्चालन गर्न थालिएको छ ।वर्षायामको बेला रहेकाले जुनसुकै बेला डाइभर्सन बगाउने जोखिम रहेको भन्दै यात्रु तथा सवारी चालकले तत्काल पुलको मर्मत गर्नुपर्ने माग गरेका छन्।पप्पु शिव शंकर जेभीले निर्माण गरेको पुलको एपरोच रोड कालोपत्रे गर्न पुरानै ठेक्का रहे पनि ठेकेदार सम्पर्क विहीन रहँदा समस्या सृजना भएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले बताएको छ ।

फूलजोर पुल निर्माण भएको दुुई वर्ष बितिसक्दा पनि निर्माण सम्पनीले सरोकारवाला निकायलाई हस्तान्तरण गरेको छैन्।निर्माण व्यवसायीले हस्तान्तरण गर्न बाँकी नै रहेको र एपरोच रोडमा बारम्बार भ्वाङ पर्दा मर्मतमा समस्या परिरहेको डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बताएको छ ।