Close This

हरिपुरमा पांचौँ नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२६ गते   ५६५ पटक हेरिएको

सर्लाहीको हरिपुरमा पांचौँ नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।हरिपुरमा बिहीबारबाट ५ औँ नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
हरिपुर बजारस्थित हात्तीसार खेल मैदानमा सुरु भएको प्रतियोगिताको संविधान सभाका सदस्य रामचन्द्र चौधरी र रन्जना सरकारसँगै हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पंजियारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 
“राष्ट्रको लागि खेलकुद,स्वास्थ्यको लागि खेलकुद,सबैको लागि खेलकुद”भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगितामा हरिपुर नगरभित्रका सामुदायिक र संस्थागत गरी १५ वटा विद्यालयका छात्रछात्राले सहभागिता जनाएका छन् ।
शनिबारसम्म संचालन हुने यस प्रतियोगितामा विद्यार्थीहरुबीच विभिन्न विधाका खेलमा प्रतिस्पर्धा हुने आयोजक हरिपुर नगरपालिकाले जनाएको छ । शनिबार एक समारोहका बीच प्रतियोगिताको समापन गरिने हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech