Close This

रायु संघ मरिणको प्रथम भेला तथा सपथग्रहण सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१८ गते   ६०८ पटक हेरिएको

राष्ट्रिय युवा संघ मरिण गाउँपालिकाको प्रथम भेला एवंम सपथग्रहण कार्यक्रमलाइ सम्बोधन गर्नु हुदैँ नेकपा केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट राष्ट्रिय युवा संघ सिन्धुलीको  मरिण गाउँपालिकाको प्रथम भेला एवंम सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ सिन्धुली जिल्ला संयोजक अबिरल मगरले मरिण  गाउँपालिकाका युवाहरुलाई सपथग्रहण गराउनु भएको हो ।


राष्ट्रिय युवा संघ मरिण गाउँपालिकाका अध्यक्ष सोम बहादुर बम्जनको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टि केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष राजन दाहाल(लेखनाथ)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उल्लेखय युवाहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकाका युवाहरुलाई सुचारु अवस्थामै राख्न आयोजना गरिएको कार्याक्रममा नेपाल कम्युनिष्ट पार्टि केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला अध्यक्ष राजन दाहाल(लेखनाथ)को प्रमुख आतिथ्यतामा तथा नेकपा सिन्धुलीका नेता ज्वाला प्रसाद न्यौपाने(पुकार),मरिण गाउँपालिका अध्यक्ष पानिराज बम्जन, राष्ट्रिय युवा संघ सिन्धुलीका अध्यक्ष भुल बहादुर राना मगर (अविरल)को  विशेष उपस्थिति रहेको थियो ।

बुद्ध बहादुर मोक्तान
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech