सुनचाँदी व्यवसायी संघ मोरङद्धारा राजनीतिक दलहरुको ध्यानाकर्षण

431 Shares

नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले मोरङका विभिन्न राजनीतिक दलहरु मार्फत पनि सरकारको ध्यानाकर्षण गराएको छ।राज्यले सुनचाँदीलाई विलासितामा बस्तु भन्दै दुई प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट लगाएपछि आफुहरु मारमा परेको भन्दै चरणवद्ध  अन्दोलन सुरु गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघको निर्देशन अनुसार नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले पनि आन्दोलन सुरु गरेको नेपाल सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष अध्यक्ष शशी भूषण साहले बताए।
उनका अनुसार जेठ २९ गते बिहीबारबाट व्यवसायीहरूले आफ्ना सुनचाँदी पसलहरु बन्द गरी आन्दोलन सुरु गरेका र सोही क्रममा सम्बन्धीत जिल्लाहरुका विभिन्न राजनीतिक दलहरुमार्फत सरकारलाई ध्यानाकर्षण गराउने काम स्वरुप सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङका अध्यक्ष गोपाल कटुवाल मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को ध्यानाकर्षण गराएको हो ।
सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरूका आवाज पनि सरकार तथा सदनमा पुगोस भनेर घोषणा गरिएका कार्यक्रम अनुसार राजनीतिक दलहरुबाट ध्यनाकर्षण गराउने काम भएको सुनचाँदी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष एवम त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले बताए ।
उनका अनुसार राज्यले व्यवसायीहरू निर्धारण गरेको सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिताको राजश्व खारेज गर्नुपर्ने,हिरा र जवाहरात जडित गरगहनामा लागू गरिएको मूल्य अभिबृद्धि कर पुनर्विचार गरी खारेज गर्नुपर्ने,व्यवसायीहरू हित,संरक्षण र विकास लागि कानुन निर्माण गर्न महासंघले माग गरेको हो ।त्यस्तै राजश्व फेरबदलमा विस्तृत अध्ययन सहितको संशोधन गर्नुपर्ने,भन्सार दर छ प्रतिशत कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप परीक्षण व्यवस्थापन गर्नुपर्ने र निर्यातमा दुई दशमलव पाँच प्रतिशत टिडिएस लाग्ने व्यवस्था गर्नुपर्ने माग सहित देशव्यापी आन्दोलनमा उत्रिएको सुनचाँदी व्यवसायीहरुको भनाई छ ।
घरेलु कला र सीपमूलक सुनचाँदी पेशाबाट हजारौ कालिगढको परिवारको रोजिरोटी चलेको भन्दैं सरकारले सुनचाँदी पेशाबाटनै पलायन गराउने ढंगबाट काम गरेकाले आफुहरु बाध्य भएर सडकमा आउनुपरेको सुनचाँदी व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष एवम त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रसाईलीको भनाइ छ।सरकारले वजेट भाषणबाट सुनको खरिद विक्रीमा अनिवार्य दुई प्रतिशत कर लगाउदा सुन तोलामा चार हजार बढी तिर्नुपर्ने हुन्छ ।यसबाट उपभोक्ता र व्यवसायी दुवै मारमा पर्ने र व्यवसायबाट समेत पलायन हुने व्यवसायीहरु बताउँछन् ।
अहिलेको वजेट भाषणबाट २० हजार भन्दा वढी सुन व्यवसायी र डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत सुनचाँदी व्यवसायीहरुले बताए।छिमेकि मुलुक भारतमा भन्दा नेपालमा भन्सार दर चार प्रतिशत बढि भएकोले त्यसलाई घटाएर भारतमा जस्तै छ प्रतिशत भन्सार दर बनाउन पनि ब्यवसायीहरूले माग गरेका छन । 

सम्बन्धित समाचार