कृषि सामाग्री कम्पनी लि.सिन्धुलीले २०८१/०८२ मा आठ करोड बढीको मल बेच्यो

265 Shares

कृषि सामाग्री कम्पनी लिमिटेड,शाखा कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८१/०८२ मा करिब रु सवा आठ करोडको रासायनिक मल बिक्री गरेको छ।कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय सिन्धुलीले युरिया,डिएपी र पोटास गरी तीन प्रकारका दुई हजार चार सय ३९ दशमलव आठ मेट्रीक टन रासायनिक मल विक्रि वितरण गर्दा आठ करोड २९ लाख ६० हजार सात सय ८२ रुपैँया रकम संकलन गरेको कार्यालय प्रमुख भूपतिराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार युरिया एक हजार पाँच सय ३२ दशमलव पाँच मेट्रिक टनको दुई करोड ६१ लाख ९० हजार चार सय २५,डिएपी आठ सय ६१ दशमलव ३५ मेट्रिक टनको पाँच करोड ५२ लाख तीन हजार नौ सय २१ रुपैँया ५० पैसा र पोटास ४५ दशमलव ९५ मेट्रिक टनको १५ लाख ६६ हजार चार सय ३५ रुपैँया ५० पैसा गरी कुल आठ करोड २९ लाख ६० हजार सात सय ८२ रुपैँया बराबरको रासायनिक मल बिक्री गरिएको हो ।
दुई नगरपालिका सहित नौ वटा स्थानीय तह रहेको सिन्धुलीका एक सय १७ वटा सहकारी(डिलर) मार्फत दुई हजार चार सय ३९ दशमलव आठ मेट्रिक टन रासायनिक मल बिक्रि गरिएको कार्याललयका लेखापाल जीवन ढकालले जानकारी दिए ।
उनका अनुसार युरिया रु १७ हजार ९०,डिएपी रु ६४ हजार ९० र पोटाँस रु ३४ हजार ९० प्रति मेट्रिक टनका दरले  कमलामाई नगरपालिकाका २१,दुधौली नगरपालिकाका १५,तीनपाटन गाउँपालिकाका १६,फिक्कल गाउँपालिकाका दुई,गोलन्जोर गाउँपालिकाका आठ,सुनकोशी गाउँपालिकाका १८,घ्याङलेक गाउँपालिकाका आठ,मरिण गाउँपालिकाका सात र हरिहरपुरगढी गाउँपालिकाका सात वटा गरी कुल एक सय १७ वटा सहकारी(डिलर)मार्फत दुई हजार चार सय ३९ दशमलव आठ मेट्रिक टन रासायनिक मल वितरण भएको हो ।
कार्यालयले सहकारी(डिलर)लाई युरिया प्रतिबोरा आठ सय ५४ रुपैँया ५० पैसा,डिएपी दुई हजार तीन सय चार रुपैँया ५० पैसा र पोटाँस एक हजार सात सय चार रुपैँया ५० पैसाका दरले रासायनिक मल बिक्रि गरेको कार्यालयले जनाएको छ ।
जसमा कमलामाई नगरपालिकाका २१ वटा सहकारी(डिलर)लाई चार सय ६६ दशमलव ५५ मेट्रिक टन,दुधौली नगरपालिकाका १५ वटा सहकारी(डिलर)लाईचार सय ३१ दशमलव ६५ मेट्रिक टन,तीनपाटन गाउँपालिकाका १६ वटा सहकारी(डिलर)लाई तीन सय  ४९ दशमलव २० मेट्रिक टन,फिक्कल गाउँपालिकाका दुई वटा सहकारी(डिलर)लाई एक सय छ दशमलव ९५ मेट्रिक टन, गोलन्जोर गाउँपालिकाका आठ वटा सहकारी(डिलर)लाई दुई सय १४ दशमलव ७० मेट्रिक टन,सुनकोशी गाउँपालिकाका १८ वटा सहकारी(डिलर)लाई दुई सय ४८ दशमलव ९५ मेट्रिक टन,घ्याङलेक गाउँपालिकाका आठ वटा सहकारी(डिलर)लाई ९१ दशमलव ४० मेट्रिक टन,मरिण गाउँपालिकाका सात वटा सहकारी(डिलर)लाई तीन सय ३९ दशमलव ६० मेट्रिक टन र हरिहरपुरगढी गाउँपालिकाका सात वटा सहकारी(डिलर)लाई एक सय ८४ दशमलव ३५ मेट्रिक टन गरी कुल दुई हजार चार सय ३९ दशमलव आठ मेट्रिक टन रासायनीक मल वितरण गर्दा रु आठ करोड २९ लाख ६० हजार सात सय ८२ रकम संकलन भएको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ । उक्त मल धान,गहुँ र मकैका साथै अन्नबाली र तेलहन बालीका लागि वितरण भइरहेको कार्यालयले जनाएको छ ।
मलखाद्य वितरण मलखाद्य निर्देशिका,२०७७ अनुसार स्थानीय तहमा गठित“मलखाद्य वितरण व्यवस्थापन समिति”मार्फत नियमन भइरहेको छ ।समितिमा उप प्रमुख वा गाउँपालिका उपाध्यक्ष संयोजक रहने व्यवस्था छ भने प्रशासकीय अधिकृत,कृषि शाखा प्रमुख सदस्य र कृषि प्राविधिक सचिव रहने प्रावधान छ।यस समितिले मलको मूल्य दर निर्धारण,बिक्री व्यवस्थापन र कालोबजारी नियन्त्रण गर्ने जिम्मेवारी पाएको छ।प्रमुख श्रेष्ठका अनुसार मल वितरण सम्बन्धी कोटा प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले सम्बन्धित पालिकाको सिफारिस अनुसार निर्धारण गर्ने गरेको छ ।

सम्बन्धित समाचार