Close This

सर्पको टोकाईबाट हरिवनमा एक महिलाको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३२ गते   २६६ पटक हेरिएको

सर्पको टोकाईबाट सर्लाहीको हरिवन नगरपालिका–८ निवासी सुशिला सुवेदी प्याकुरेलको निधन भएको छ ।आईतबार साँझ सर्लाहीको हरिवन नगरपालिका –८ बेतालीमा आफ्नै घरको भान्सा कोठामा सुशिलालाई गोमन सर्पले टोकेको स्थानीय बासिन्दाले बताएका छन् ।

घरमा एक्लै बस्ने गरेकी उनले आफूलाई सर्पले टोकेको भन्दै चिच्याएपछि स्थानीयले उद्धार गरेर नवलपुर स्थित सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए । ब्रेन ट्यूमरकी बिरामी समेत रहेकी सुशिलाको एउटै खुट्टामा तीन ठाउँमा टोकेका कारण सर्पदंश उपचार केन्द्र पुर्याएर उपचार सुरु गर्ने बितिकै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
सुशिलाका श्रीमान सहित छोराहरु भने काठमाडौं बस्दै आएका छन् । उनी घरमा एक्लै बस्दै आएकी थिईन् । आज श्रीमान एवं छोराहरु आएपछि मात्र उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech