सर्लाहीको बरहथवा नगरपालिका ९ मुर्तियामा सम्पन्न दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि मुर्तिया फूटबल क्लब(मुर्तिया एफसी)ले हात पारेको छ । बरहथवा नगरपालिका ९ मुर्तियाको खेल मैदानमा मंगलवार(आज)सम्पन्न फाइनल खेलमा नव संघर्षशील युवा क्लब सानो जगतपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै मुर्तियाले उपाधि हात पारेको हो । बरहथवा नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय मुक्तेश्वर सेवा समितिको आयोजनामा कार्तिक २८ गतेबाट प्रतियोगिता सुरु भएको बरहथवा नगरपालिका ९ का वडा अध्यक्ष तुलसी पूसाद लुइृटेलले जानकारी दिनुभयो ।
प्रतियोगीतामा प्रथम भएको मुर्तिया फूटबल क्लबले नगद रु ५५ हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा द्धितिय भएको नव संघर्षशील युवा क्लब सानो जगतपुरले नगद रु २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । खेलको म्यान अफ दि म्याच नव संघर्षशीलका सनिल लामा घोषित भएका छन् भने वेष्ट गोल रक्षकमा मुर्तियाका मोहन खड्का घोषित भएका छन् ।
यस्तै, मुर्तियाका आयुष राना वेष्ट डिफेन्स, मुर्तियाकै देव गुरुङ वेष्ट मिडफिल्डर, नव संघर्षशीलका मनोज कार्की वेष्ट डिसिप्लिन र मुर्तियाका विमल घिसिङ वेष्ट सिरिज घोषित भएका आयोजकले जनाएको छ । प्रतियोगितामा १३ वटा टिमको सहभागीता रहेको थियो ।