ठूलो मात्रामा लागु औषध सहित २ जना नियन्त्रणमा

357 Shares

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ४ स्थित प्रहरी चौकी त्रिभुवननगर अगाडिबाट  ठूलो मात्रामा लागु औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ब्रहम्पुरी गाउँपालिका ४ स्थित त्रिभुवननगर बजार देखी भेल्ही तर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ह. २२२१ नम्बरको ट्याम्पोलाई रोकी चेकजाँच गर्दा लागु औषध नाईट्राजेडपाम एक हजार दुई सय ट्याब्लेट सहित चितवनको भरतपुर महानगरपालिका २४ का अन्दाजी वर्ष १९ का अनिस बि.क. र  सोही ठाउँका अन्दाजी वर्ष १९ का सन्देश परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार त्रिभुवननगर बजार देखी भेल्ही तर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ह. २२२१ नम्बरको ट्याम्पोलाई रोकी चेकजाँच गर्दा बि.क.र परियारको शरीर तथा उनीहरुकले बोकी ल्याएका समानहरूबाट लागु औषध नाईट्राजेडपाम एक हजार दुई सय ट्याब्लेट बरामद् भएको हो ।

सम्बन्धित समाचार