माओवादी केन्द्र हरिपुरको पहिलो काम मिटर ब्याजी पीडित महिला ऋण मुक्त

4.7k Shares

सर्लाहीको हरिपुर नगरपालिका ३ फरहदवाकी एक मिटर ब्याजी पीडित महिला ऋण मुक्त भएकी छन् । मिटर ब्याजी साहु महाजनसंग रु १ लाख ऋण लिए वापत आफु बसोबास गरि रहेको घरेडी समेत साहु महाजनले आफ्नो नाममा पारेपछि पीडित बनेकी सुमरिया देबिलाई नेकपा(माओवादी केन्द्र) हरिपुर नगर कमिटिले ऋण मुक्त गरेको छ ।
 नेकपा(माओवादी केन्द्र) हरिपुर नगर कमिटिका अध्यक्ष सुनिल बुढाथोकी र उपा अध्यक्ष सरस्वती मिश्रको पहलमा साहु महाजन देबेन्द्र राय र उनका अर्का हितेषी बिजम्बर चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएपछि सुमरिया देवी ऋण मुक्त भएकी हुन ।आफ्नो जायजेथो केही नभएकी सुमरिया देवीले साहुमहाजनको ऋण तिर्न नसकेको भन्दै साहु महाजनले उनकोघरैमा पुगि उनिमाथी अभद्रव्य व्यावहार गरेपछि स्थानियले नेकपा(माओवादी केन्द्र) हरिपुर नगर कमिटि र प्रहरीलाई खबर गरेका थिए । 
मंसिर २४ गते राति करिब ८.०० बजे मदिरा सेवन गरि पीडित महिलाको घरमा गई पकाएको खाना र घरभित्र रहेको समानहरु बाहिर फालिदिएर ती पीडित महिलालाई  समेत अभद्र ब्यवहार गरिएको घटना थाहा पाउँना साथ आफुहरु सो स्थानमा प्रहरी लिएर पुगेको तरप्रहरी र आफुहरु पुग्दा पीडकहरु मध्य एक जना भागेका एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको नेकपा(माओवादी केन्द्र) हरिपुर नगर कमिटिकी उपा अध्यक्ष मिश्रले बताउनु भयो । उपा अध्यक्ष मिश्रका अनुसार ती पीडकले सुमरियादेवीको घरेडी फिर्ता गरेका,पीडित महिलालाई गराएको कागत च्यातेका र आफुबाट ठुलो गल्ती भएको स्वीकार गरेका छन् ।
समाजमा रहेका यस्ता कैयो खालका सामन्तवादी चरम शोषण भोग्दै आएका शोषित पीडितहरुलाई न्याय,उन्मुक्ती दिलाउने काममा आफुहरु सधैँ तयार रहेको र यो पहिलो अभ्यास भएको माओवादी केन्द्र हरिपुर नगर कमिटिका अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
साहु महाजनले पीडित सुमयरिया देवीले आफुले ऋण खादा ७ धुर जग्गा रजिष्ट्रेसन पास गरि दिएको भएपनि साहु महाजनले आफू निमुखा,कमजोर भएकै कारण पटक –पटक आफुलाई प्रताडित बनाउँदै आएका गुनासो गरेकी छन् । नेकपा(माओवादी केन्द्र) समाजमा हुने सबै खालका शोषण,दमन तथा उत्पीडनमा परेका नागरिकहरुको सहायता बनेको भन्दै उनले ऋण मुक्त भएपछि खुसी व्यक्त गरिन ।

सम्बन्धित समाचार