तत्कालीन प्रतिवन्धीत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेत्रविक्रम चन्द (विप्लव) सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको शनिवार तेस्रो स्मृति दिवश मनाइएको छ । पौडेल दुई वर्षअघि २०७६ साल असार ५ गते नवलपुरको बागवानी केन्द्रदेखि केही उत्तर जंगलमा प्रहरीको कारवाहीमा परेर मारिएका थिए ।
प्रहरीले उनको दोहोरो भीडन्तमा मृत्यु भएको बताइरहेको छ भने परिवार र उनका पार्टीले भने नियन्त्रणमा लिएर निर्मम ढंगले हत्या गरिएको दावी गर्दै आएका छन् । हरिवन नगरपालिका–६, स्थित घुर्कौली चारलिकमा भएको कार्यक्रममा स्व.पौडेलको तस्बिरमा माल्यार्पण गर्दै उनले पु¥याएको योगदानका बारेमा चर्चा गरिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)(विप्लव) समुह सर्लाहीका जिल्ला सेक्रेटरी कमल सुशलिङले जानकारी दिनुभयो ।
पार्टीका जिल्ला सेक्रेटरी सुश्लिङको अध्यक्षता तथा सर्लाही र रौतहट इन्चार्ज समर शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्व.पौडेलको पार्टी प्रतिको योगदानको चर्चा गरिएकोथियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य किसुनदेव शर्मा, अखिल नेपाल महिला (क्रान्तिकारी)जिल्ला अध्यक्ष प्रमिला लामा (राउत), महिला नेतृ चेली मगरलगायतको उपस्थिति रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) (विप्लव) सर्लाहीले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण कुनै भीडभाड नगरी सीमित नेता कार्यकर्ता उपस्थित भएर स्मृति दिवश मनाइएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) (विप्लव) सर्लाहीले जनाएको छ ।