मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता भएको छ।सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै मधेश प्रदेशका सात दलका ६४ जना प्रदेश सभा सदस्यहरुले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका हुन्। महाभियोग दर्ता गराउनेमा नेपाली कांग्रेस,नेकपा(एकीकृत समाजवादी),नेकपा(माओवादी केन्द्र) जनता समाजवादी पार्टी(जसपा) नेपाल, लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका गरी ६४ जना प्रदेश सभा सदस्यहरुले सभामुख मण्डलका विरुद्ध महाअभियोग दर्ता गरेका माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका उप नेता युवराज भट्टराई(समिर)ले जानकारी दिए ।
उनका अनुसार सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५,परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्न समेत माग गरिएको छ।प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको निर्देशन बमोजिम पटक पटक सभा संचालन गरेको,विपक्षी दलको उपस्थिती बिना पनि सभा संचालन गरेको लगायतका आरोपहरु महाअभियोगमा उल्लेख रहेको छ।
केही दिन अघि निवर्तमान मुख्यमन्त्री जितेन्द्र साह सोनलले विश्वासको मत लिन आव्हान गरेको प्रदेश सभा बैठकमा सोनल लगायत मन्त्रीपरिषदका सांसदहरु उपस्थिती नरहेको अवस्थामा पनि सभा सुचार गरेका थिए।विवाद बढेपछि निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश सभा बैठकमै राजिनामा घोषणा गरेका थिए।मधेश प्रदेशमा सभामुख मण्डल एमालेबाट चुनिएका हुन भने उनको इसरामा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई बर्दिवासको एक होटलमा निवर्तमान प्रदेश प्रमुख सुमित्रा भण्डारी(सुवेदी)ले मुख्यमन्त्रीको सपथ खुवाएकी थिईन्।त्यसपछि मधेशमा राजनीतिक अशान्ती फैलिएको छ भने प्रदेश प्रमुख सुमित्रा पदमुक्त भएकी छन् ।