प्रतिनिधि सभा सदस्यका उम्मेदवार साहको चुनावी अभियान तिब्र,जनताले गरे जीतेको घोषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१७ गते   ११४७ पटक हेरिएको

सर्लाही क्षेत्र नम्बर ३ का नेकपा(माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेन्द्र साह चुनावी भेटवार्तामा व्यस्त रहेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार साहले क्षेत्र नं. ३ का अधिकांश बस्ती टोलमा पुगेर आफ्नो योजनाहरु सार्वजनिक गर्नुका साथै चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।
जनताको घरदैलोमा भएको भेटघाटले मतदातामा आफु प्रतिदेखिको उत्साह र समर्थनले आत्मबल बढाएको उम्मेदवार साहले वताए । यो पटक यस निर्वाचनमा यस क्षेत्रको मतदाता आफुलाई जिताएर इतिहास रच्न आतुर रहेको उनले बताए ।
नेकपा(माओवादी केन्द्र)को गोलाकार भित्र हँसिया हथौडा रहेकोचुनाव चिन्हमा मतदान गरि आफुलाई अत्याधिक बहुमतले जिताउँन आफु भन्दा बढी यस क्षेत्रका जनता उत्सुक छन् । निवर्तमान सांसद समेत रहेका उम्मेदवार साहलेबताए ।
उनले चुनावी प्रचार प्रसार र भेटघाट कार्यक्रमबाट आफ्नो प्रतिस्पर्धी नै सर्लाही ३ मा नरहेको महसुस भएको बताए । उनिसंग नेकपा(एमाले)का निवर्तमान सांसद हरि प्रसाद उप्रेती चुनावी मैदानमा रहेका भएपनि उनले सांसद हुँदा गरेका कुकर्म जनताले आफुलाई सुनाउँदा लाज लाग्ने खालका रहेका पाएको बताए ।
सांसद उप्रेतीले यस क्षेत्रका जनतालाई धोका दिएको र विकासको लागि केही नगरेका कारण यस पटकको निर्वाचनमा हामी तपाईलाई मत हाल्छौँ भनेर जनता आफैँले भनेको सुन्दा खुसी लागेको उम्मेदवार साहले बताए । जसबाट पनि आफुलेचुनाव जितेको तर निर्वाचन आयोगको प्रक्रिया अनुसार मंसिर ४ पर्खिनु पर्ने उम्मेदवार साहले बताए ।
सर्लाही ३ मा बरहथवा नगरपालिकाका ११ वटा,बागमती नगरपालिकाका १२ वटा,कविलासी नगरपालिकाका ४ वटा,चक्रघट्टा गाउँपालिकाका ९ वटा,बसबरिया गाउँपालिकाका ३ वटा र हरिपुर नगरपालिकाको १ वटा वडा गरि ५१ वटा वडाहरु रहेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech