सबैला ९ को चोक नामाकरण विवाद तत्कालका लागि समाधान

378 Shares

धनुषाको सबैला नगरपालिका ९ कलुवामोरका भएको दुई पक्षको विवादलाई समाधान गर्न पाँच बुदे सहमती भएको छ।धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षता तथा सबैला नगरपालिकाका प्रमुख कारिराम यादव,शहिदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादवका साथै स्थानीय जनप्रतिनिधिहरु र जिल्लाका सुरक्षा निकायका प्रमुखहरुका साथै विभिन्न राजनीतिक दलका पदाधिकारीहरुहरु विच जिल्ला प्रशासन कार्यालय धनुषामा छलफल भई उत्पन्न विवादलाई समाधान गर्ने विषयमा सहमती भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कडरियाले जानकारी दिए ।
उनकाअनुसार छलफलबाट विवादित चोकको नामाकरण गर्ने सम्वन्धमा स्थानीय सरकार संचालन २०७४ बमोजिम सबैमा नगरपालिकाले दुई महिनाभित्र नामाकगण गर्ने र सो सम्बन्धमा नगरपालिकाले जिल्ला सुरक्षा समितिलाई आवश्यक परेकोे खण्डमा आमन्त्रितको रुपमा सहभागी गराउने,घाइतेको सम्पूर्ण उपचार तथा क्षतिपुर्तिको लागि जिल्ला सुरक्षा समितिबाट निर्णय गरि गृह मन्त्रालयलाई सिफारिस गरी पठाउने,विवादित चोकको नामाकरण नहुंदा सम्मका लागी जुन जे अवस्थामा अवस्थामा छ त्यही अवस्थामा रहने,घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षकको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार गर्ने र चोकको नामाकरण नहुँदासम्म सम्बद्ध सबै पक्ष संयमित भई एक अर्काप्रति सम्मानजनक व्यवहार गर्ने विषयमा सहमती भएको छ ।चैत्र २ गते उक्त चोकको नाम यादव चोक राख्ने क्रममा विवाद उत्पन्न भएपछि दुई समुह विच झडप हुँदा नौ जना सुरक्षाकर्मीहरु र एक जना स्थानीय घाईते भएका थिए ।

सम्बन्धित समाचार