Close This

सरकारी कर छलि गरेकाे अभियाेगमा हरिवन नगरपालिका १० का वडाअध्यक्ष मैनाली विरुद्ध विशेष अदातमा मुद्दा दायर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२६ गते   ४३३ पटक हेरिएको

हरिवन नगरपालिका १० का वडा अध्यक्ष मैनाली

दुर्गा कुमारी अधिकारी

र्लाहीको हरिवन नगरपालिका १० का वडा अध्यक्ष विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । 
 जिल्लाकाे हरिवन नगरपालिका १० का वडा अध्यक्ष शम्भु प्रसाद मैनालीविरुद्ध  अख्तियारले विशेषा अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ । 
अख्तियारले विशेष अदालत काठमाडौंमा रु नाै  लाख ३६ हजार बिगाे कायम राखी मुद्दा दायर गरेको हो।वडाअध्यक्ष मैनालीमाथि साविक हरिवन गाउँ विकास समिति  २ (ग) हाल हरिवन नगरपालिका १० नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मूल्य न्यूनतम मूल्याङ्‍कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको आरोप लागेकाे छ।
सो सम्बन्धी उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सो वडाको नयाँरोड बजार अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नं. ३५१ को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी राज्यकाे राजस्व हानिनोक्सानी गर्ने बदनियतका साथ गलत घरबाटो प्रमाणित गरी सोको आधारमा रु नाै लाख ३६ हजार बिगाे राजस्व रकम (सरकारी रकम) हानिनोक्सानी हुन गएको अख्तियारको ठहर छ। 
यता,हरिवन नगरपालिका १० का वडा अध्यक्ष मैनालीले विश्वासको आधारमा २०७८ साल मै सिफारिस गरेकाे र वडा कार्यालयहरुसंग जग्गाकाे नम्बर नहुने भएकोले आफुलाइ झुक्याईएकाे बताए । उनले दाजु भाईकाे विचमा अंश वण्डाकाे विषयमा विवाद चलि रहेकाे र साेहि जमिनमा बाटाे समेत परेकाे बुझिएको छ । साथै  अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग बर्दिवासका गएर जवाफ दिएकाे भए पनि अख्तियारले कुनै सुझबुझ विना विशेष अदालतका मुद्दा दायर गरेकाे बुझिएको वडा अध्यक्ष मैनालीले बताए।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech