ईश्वरपुर १२ घारी बथानमा अस्थायी प्रहरी पाेष्ट उद्घाटन

84 Shares

सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित घारी बथानमा अस्थायी प्रहरी पाेष्ट कालिन्जाेर सञ्चालनमा आएकाे छ ।

ठुलाे भुगाेलका साथै गाउँ घरमा हुने सामान्य समस्याहरुमा पनि प्रहरी चाैकी फुलजाेर तथा ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास जानू पर्ने बाध्यतालाई अन्त्य गर्दै गाउँकाे शान्ति सुरक्षालाई ध्यान दिँदै ईश्वरपुर नगरपालिका १२ स्थित घारी बथानमा अस्थायी प्रहरी पाेष्ट कालिन्जाेर स्थापना गरिएको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि मनाेज कुमार आचार्यले बताए । उनले विगत लामाे समयदेखि घारी बथानमा प्रहरी पाेष्ट राख्ने विषयमा छलफल तथा प्रयास भएकोमा अहिले सफल भएको बताए ।

असईकाे कमाण्ड सातजना प्रहरी रहने पाेष्ट ईश्वरपुर नगरपालिका १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरीक्षक विनाेद राज खनाल लगायत जनप्रतिनिधिहरु र स्थानीयको विशेष उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार