बागमतीका प्र.प्र.अ.शर्मालाई “उद्यान दर्पण”उपहार प्रदान

333 Shares

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मालाई “उद्यान दर्पण”उपहार प्रदान गरिएको छ।बागमती नगरपालिका ४ र १२ मा निर्माण भएको बागमती माछा पोखरी(भरत ताल)पर्यटकीय क्षेत्रसहित बागमती नगरपालिका भित्र रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनका विषयमा घनिभूत छलफल पछि नेपाल उद्यान महासंघको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शर्मालाई “उद्यान दर्पण”उपहार प्रदान गरिएको नेपाल उद्योग व्यापार महासंघका सचिव एवम नेपाल उद्यान महासंघका मधेश प्रदेश संयोजक गौतम खड्काले जानकारी दिए ।

WhatsApp Image 2026-05-26 at 6.42.38 PM (1).jpeg
उनका अनुसार स्थानीय पर्यटन क्षेत्रको सम्भावना उजागर गर्दै बागमती नगरपालिकामा रहेका प्राकृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रियस्तरमा चिनाउन आवश्यक रहेको र त्यसका लागि प्रमुख प्रशासकीय अधिकृत शर्माबाट समन्वयात्मक सहयोग रहने अपेक्षा गरिएको छ ।
बागमती माछा पोखरी(भरत ताल)लगायतका क्षेत्रको व्यवस्थित प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने संयोजक खड्काले विश्वास व्यक्त गरे ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत शर्माले स्थानीय पर्यटन विकासका लागि नगरपालिका सकारात्मक रहेको बताउँदै निजी क्षेत्र तथा विभिन्न संघ÷संस्थासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित समाचार