ई.प्र.का.हरिवनको हिरासतमा रहेका एक बालकले पनि दिए एसईई परीक्षा,९६ जना परीक्षार्थी अनुपस्थित

856 Shares

गणेश खड्का
सर्लाहीको ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा रहेका एक बालकले पनि माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिएका छन् । ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा रहेका बालकले आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिएका हुन ।
केही दिनअघि भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दामा हिरासतमा परेका ती बालक ट्याक्टर चालक रहेका थिए । उनले प्रहरी हिरासतबाटै परीक्षामा सहभागिता जनाएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार ती बालक १८ वर्ष समेत नपुगेकाले उनको नाम भने गोप्य राखिएको छ ।
जिल्लाभरका ३७ वटै परीक्षा केन्द्रमा शान्तपूर्ण वातावरणमा परीक्षा संचालन भएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले जनाएको छ । परीक्षार्थीहरुले आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् ।
कुनै पनि किमिसको भय सिर्जना नहुने गरी वालमैत्री वातावरणमा आजको परीक्षा संचालन भएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधि सहायक सुनिल कुमार कुशवाहले जानकारी दिए । उनका अनुसार जिल्ला भरबाट एसईई परीक्षा दिनका लागि १० हजार नौ सय १६ जना विद्यार्थीहरुले फाराम भरेका थिए ।

त्यसैगरी सर्लाहीमा शुक्रबार पहिलो दिनको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ९६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका अनुसार एसईईका लागि १० हजार नौ सय १६ जना परीक्षार्थीहरुले फारम भरेकोमा पहिलो दिन भएको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा १० हजार आठ सय २० जना मात्रै सहभागी भएका हुन् । ४६ जना छात्र र ५० जना छात्रा परीक्षा दिन नआएका शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधि सहायक कुशवाहले जानकारी दिए ।

उनका अनुसार नियमिततर्फ १० हजार पाँच सय १५, ग्रेडवृद्धितर्फ एक सय २४, प्राविधिकतर्फ एक सय ८१ सहित पहिलो दिनको परीक्षामा १० हजार आठ सय २० जना परीक्षार्थी परीक्षामा सामेल भएका हुन् ।

सम्बन्धित समाचार