Close This

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

पत्र पत्रिका    प्रकाशित: २०७७-२-१७ गते   २९२ पटक हेरिएको

 सरकारले लकडाउन अर्थात् बन्दाबन्दी अरु १२ दिन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको हो ।

यसैगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैंछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना सरकारको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech