राप्रपा विराटनगर महानगरपालिकाकाे निर्वाचन असार ७ मा हुने

352 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)विराटनगर महानगरपालिकाकाे निर्वाचन समितिकाे छलफल सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विराटनगर महानगरपालिकाका अध्यक्ष विकास लिम्बूकाे अध्यक्षता एवम राप्रपा केन्द्रीय समिति सदस्य विश्व माेहन थापाकाे प्रमुख आतिथ्यतामा भएको छलफलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विराटनगर महानगरपालिकाकाे निर्वाचन असार ७ गते गर्ने तय गरेकाे राप्रपा माेरङ जिल्ला समिति सदस्य एवम निर्वाचन समिति सदस्य शाेभा प्याकुरेलले जानकारी दिईन ।

IMG-20250613-WA0005.jpg

उनका अनुसार राप्रपा केन्द्रीय समितिले चयन गरी पठाएका राप्रपा माेरङ जिल्ला निर्वाचन समितिका संयाेजक उद्दव चन्द्र घिमिरेकाे संयाेजकत्वमा रहेकाे छ सदस्यीय निर्वाचन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)विराटनगर महानगरपालिकाकाे निर्वाचन सम्पन्न गर्ने छ ।

IMG-20250613-WA0008.jpg

छलफलमा राप्रपाका केन्द्रीय सदस्य मनाेज बस्नेत,जिल्ला निर्वाचन समिति सदस्यहरु लगायत जिल्ला तथा नगर समितिका सदस्यहरुकाे विशेष उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार