Close This

सर्लाहीको ईश्वरपुरमा माेटरसाईकल दुर्घटना हुदा तीनजनाकाे मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१८ गते   ९५१ पटक हेरिएको

 

सर्लाहीको ईश्वरपुरमा भएको माेटरसाईकल दुर्घटनामा तीनजनाकाे ज्यान गएकाे छ । ईश्वरपुर नगरपालिका–३, सागरनाथ जङ्गलमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएकाे प्रहरीले जनाएको छ । 
बयलबास–भक्तिपुर सडक खण्डस्थित सागरनाथ जङ्गलमा सागरनाथबाट बयलबासतर्फ जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल दुर्घटना हुदा माेटरसाईकलमा सवार तीन जनाकै ज्यान गएकाे ईलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासले जनाएको छ । उक्त मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको सपेताको रुखमा गएर ठोक्किदा माेटरसाईकलमा सवार  ईश्वरपुर नगरपालिका  ६ दसबिगाहका अन्दाजी  २२ वर्षीय अरुण सिंह, सोही ठाउँका अन्दाजी २० वर्षीय सरगम बि.क. र अन्दाजी २२ वर्षीय रोहन सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे । उहाँका अनुसार आइतबार बिहान मर्निङवाकमा निस्किएका उनिहरुकाे माेटरसाईकल दुर्घटना हुदा घटनास्थलमै ज्यान गएकाे हाे ।
उनिहरु तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा,सर्लाही  पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुङ्गानाले बताउनुभयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech