पत्रकारको भौतिक,आर्थिक र सामाजिक सुरक्षामा तीन तहकै सरकारहरु गम्भिर हुनुपर्ने जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले बताए।पत्रकार सुरक्षामा राज्य,नागरिक समाज र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामाले अहिलेको युग सुचना,प्रविधिको युग भएकाले सञ्चार माध्यम र त्यसमा कार्यरत पत्रकारहरुलाई सबै प्रकारको सुरक्षाको ग्यारेन्टी गर्न राज्यले ध्यान दिनुपर्नेमा बताए ।
पत्रकारीता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेकाले पत्रकारहरुको सुरक्षा गर्ने जिम्मा राज्य र समाज दुवैको मुख्य भुमिका हुने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले बताए ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग,प्रेस सेन्टर नेपाल,बागमती प्रदेश समितिको आयोजना तथा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिकी उपाध्यक्ष बिमला पाण्डे,नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सचिव नविन बाबु अधिकारी,प्रेस चौतारी नेपाल र सिन्धुलीका अध्यक्ष वाईपी विनय दाहाल लगायतका सरोकारवालाहरुले पनि पत्रकारको सुरक्षामा राज्य गम्भिर हुनुपर्नेमा जोड दिए ।