भन्सार छलीकाे सामान नियन्त्रणमा

331 Shares

पुर्व पश्चिम राजमार्ग स्थित ईशवरपुर नगरपालिका ५ फुलजाेरबाट प्रहरीले करिब ४१ हजार बराबरकाे भन्सार छलीकाे सामान बरामद् गरेकाे छ ।ना ४ ख ३६१६ नम्बरकाे बसमा लाेड गरि बर्दिवास तर्फ लैजाँदै गरेकाे अवस्थामा भन्सार छलीकाे चिनी चार बाेरा,हरियाे माेटर चार बाेरा र खेसारी दाल दुई बाेरा गरि अन्दाजी मूल्य रु ४० हजार आठ सय बराबरकाे भन्सार छलीकाे सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सराेज राईले जानकारी दिए ।

उनका अनुसार पुर्व पश्चिम राजमार्ग अन्तरगत ईश्वरपुर नगरपालिका ५ फुलजोर चौक स्थित मलगंवाबाट जनकपुर तर्फ जाँदै गरेको ना.४ ख. ३६१३ नम्बरको बसलाई प्रहरी चौकी फूलजाेरबाट नियमित चेकजाँचमा खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्दा अन्दाजी रु. ४० हजार आठ सय बराबरको भन्सार छलीकाे सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी ईलाका प्रहरी कार्यालय केशरगंज पठाईएको छ ।

सम्बन्धित समाचार