सिन्धुलीका पाँच वटा हुलाक कार्यालयबाट राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सुरु

389 Shares

सिन्धुलीका थप चारवटा हुलाक कार्यालयबाट स्मार्ट पोष्टल सर्भिस सम्बद्ध एजेन्सी सर्भिस अन्र्तगतको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम सुरु भएको छ।सात वटा गाउँपालिका सहित दुई वटा नगरपालिका गरी जिल्ला हुलाक कार्यालय सहित नौ वटा पालिका हुलाक कार्यालय र एउटा हुलाक काउन्टर गरी १० वटा हुलाक कार्यालय रहेको सिन्धुलीका पालिका हुलाक कार्यालय, दुधौली, मरिण,हरिहरपुरगढि र हुलाक काउण्टर भिमानबाट स्मार्ट पोष्टल सर्भिस सम्बद्ध एजेन्सी सर्भिस अन्र्तगतको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम सुरु भएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार यस अघि जिल्ला हुलाक कार्यालयबाट स्मार्ट पोष्टल सर्भिस सम्बद्ध एजेन्सी सर्भिस अन्र्तगतको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम सुरु भई सकेको थियो भने अब पाँच वटा हुलाक कार्यालयबाट स्मार्ट पोष्टल सर्भिस सम्बद्ध एजेन्सी सर्भिस अन्र्तगतको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम सुरु भएको हो ।
राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सम्बन्धी काम सुरु भएका हुलाक कार्यालयहरुले यस अघि नै पिट्स सेवा सञ्चालन गरी सकेका जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले बताए।देशभरका हुलाक कार्यालयहरु मध्य हुलाक सेवालाई छिटो छरितो र विश्वस्निय बनाउन स्मार्ट पोष्टल सर्भिस सुरु गर्ने विभागको योजना अनुसार देशभर मै जिल्ला हुलाक कार्यालय सिन्धुलीले पहिलो स्मार्ट पोष्टल सर्भिस एजेन्सी सर्भिस सञ्चालनमा ल्याएको हो ।
यता,विभागको निर्देशन अनुसार खटेर काम गरि रहेका जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत थापालाई केही मानिसहरुले आफ्नो व्यक्तिगत स्वार्थ परिपुर्ति गर्नका लागि सरुवा गर्ने प्रयास गरेका समेत कार्यालयका एक कर्मचारीले बताए।उनका अनुसार देशभर मै पहिलो स्मार्ट सेवा सुरु गरेको सिन्धुलीलाई प्रोत्साहन गर्नुको सट्टा सरुवाको तनाव सृजना गरिएको हो ।

सम्बन्धित समाचार