सर्लाहीको हरिवन नगरपालिका १० मा निर्माण भएको नयाँ सडकमा ट्राफिक प्रहरीले सचेतनामुलक संकेत जडान गरेको छ ।
हरिवन नगरपालिका १० को इनार टोलमा निर्माण सम्पन्न भएको ६ सय ९० मिटर सडकको दुवैतर्फ ट्राफिक सचेतना सम्बन्धी चिन्ह(क्याटआई) राखिएको नयाँ रोड ट्राफिक प्रहरी चेक प्वाइन्टले जनाएको छ ।
ट्राफिक सचेतना सम्बन्धी चिन्ह(क्याटआई) राखिदा रातिको समयमा सवारी दुर्घटना घट्ने नयाँ रोड ट्राफिक प्रहरी चेक प्वाइन्टका प्रहरी प्रमुख असई ठाकुर कुमार भट्टराईले बताउनु भयो ।उहाँका अनुसार करिब २ सय वटा ट्राफिक सचेतना सम्बन्धी चिन्ह(क्याटआई) राखिएको हो ।
कृष्ण कन्ट्रक्सनले निर्माण गरेको सडकमा ट्राफिक सचेतना सम्बन्धी चिन्ह(क्याटआई) राख्ने कार्याक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाई,हरिवन नगरपालिका १० का वडा अध्यक्ष शम्भु मैनाली स्थानिय बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।