Close This

बस र मोटर साईकल ठक्कर हुदा एकको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-११ गते   ३५२ पटक हेरिएको

 बिपी राजमार्ग अन्तरर्गत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ८ माईस्थान करकरेमा बस र मोटर साईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
बुधबार साँझ करिब ७ बजे सिन्धुलीबाट भिमानतर्फ आउँदै गरेको बा ७९ प ७१८८ नम्बरको मोटर साईकल र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ५७७७ नम्बरको बस एक आपसमा ठक्कर खाएको थियो ।

मोटर साईकल चालक कमलामाई नगरपालिका वडा नम्बर ७ निवासि बर्ष अन्दाजी २३ को हिरा बहादुर रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech