Close This

हरिपुर ९ मा मुस्लिम सामुदायिक भवन निर्माण, स्थानिय खुसी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-३० गते   २७८ पटक हेरिएको

 सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीमा रु २० लाखको लागतमा मुस्लिम सामुदायिक भवन निर्माण भएपछि स्थानियहरु खुसि भएका छन् । इस्लाम अंसारीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुस्लिम सामुदायिक भवन उद्घाटन भएको हो । 
स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद साहको पहलमा सामुदायिक भवन निर्माण कार्य सम्पन्न भएपछि पिडारीका स्थानियहरु खुसि भएका छन् । भवन निर्माणले पिडारीका स्थानियहरुलाई विभिन्न सामुदायिक कार्य समेत गर्न सहज भएको छ ।
त्यस्तै बिहिबार नै मुस्लिम समुदायको आस्थाको केन्द्र सहाबा सांसद साहले नै शिलान्यास गर्नुभएको छ । उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. २ को आर्थिक सहयोगमा सहाबाको लागि रु २० लाखको रकम विनियोजन समेत गरिएको जनता समाजवादी पार्टीका नेता विश्वनाथ यादवले जानकारी दिनुभयो ।
सांसद साहले उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. २ सँग समन्वय गरी सहाबाको लागि पिडारीमा बजेट पारेपाछी मुस्लिम समुदायका स्थानियहरु हर्षित भएका छन् । कार्यक्रममा जनता समाजवादी पार्टी हरिपुर नगर अध्यक्ष लगायत हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech