२५ दिनमै ढलेको जितेन्द्र साह सोनल नेतृत्वको मधेश प्रदेश सरकारलाई अनन्त नेकपा(एमाले) बाहेकका दलहरुको समर्थन जुट्ने शंकेत देखिएको छ।शनिबार विश्वासको मत पाउने सम्भावना नदेखेपछि सोनलले मुख्यमन्त्रीबाट राजीनामा दिएर सुरु गरेको छलफलमा नेपाली कांग्रेस सहित नेकप(माओवादी केन्द्र),जनता समाजवादी पार्टी,(जसपा)नेपाल,जनमत पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)नेपाल,नेकपा(एकिकृत समाजवादी),नागरिक उन्मुक्ति पार्टी,नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रीय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यहरु विच भएको छलफलमा एमाले बाहेकका दलहरुको समर्थन जुट्ने शंकेत देखिएको हो ।
कुल एक सय सात प्रदेश सभा मध्य एक सय चार जना प्रदेश सभा सदस्यहरु हाल कायम रहेकामा मुख्यमन्त्री सोनललाई विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्ने भएपनि माअोवादी केन्द्रका साथै अन्य दलहरुमा समेत आन्तरिक द्धन्द्ध देखिएपछि शनिबार विश्वासको मत पाउने सम्भावना नदेखेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका थिए ।राजीनामा लिएर प्रदेश सभाबाट बाहिरिए पछि मुख्यमन्त्री सोनलले प्रदेश सभालाई नियन्त्रणमा राखेर संघीयतालाई नै समाप्त पार्ने खेलमा सभामुख रामचन्द्र मण्डलको भूमिका रहेको प्रतिक्रिया दिएका थिए ।
माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत प्रसाद साहले माओवादी केन्द्र भित्रै पनि राम्रो समन्वयात्मक छलफल नगर्दा माओवादी केन्द्रमा आन्तरिक द्वन्द्व र गठबन्धन दलबीचको कमजोर समन्वय भएको देखिएको भएपनि आईतबार भएको छलफलबाट एमाले बाहेकका मुख्यमन्त्री बन्ने र विश्वासको मत पाउने सम्भावना बढेको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए । उनका अनुसार नेपाली कांग्रेससहित सात मुख्य दलहरु एक ठाउँमा उभिएपछि मधेस प्रदेश सरकारको सत्ता समीकरणले आइतबार नयाँ मोड लिएको छ ।
कांग्रेस,जसपा,लोसपा,माओवादी केन्द्र,एकीकृत समाजवादी,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन्।आइतबार साँझ यी दलका नेता तथा प्रतिनिधिहरुले प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीसँग भेटघाट गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न अनुरोध गरेको माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता साहले जानकारी दिए।उनका अनुसार संविधान अनुरुपका नजिरहरुको आधारमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख भण्डारी समक्ष अनुरोध गरेको र प्रदेश प्रमुख भण्डारीले संविधान अनुसार नै अगाडि बढ्ने आश्वासन दिएको बताए ।
नयाँ गठबन्धन अनुसार सरकारको नेतृत्व कसले गर्ने विषयमा उनले अहिले कुनै सहमति नभएको भएपनि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आव्हान गरेलगत्तै गठबन्धन र सरकार बारे छलफल गर्ने माओवादी केन्द्र मेधश प्रदेश संसदीय दलका उपनेता युवराज भट्टराई(समीर)ले बताए।उनका अनुसार संविधान र संघियता जोगाउन प्रदेश प्रमुखसँग भेटघाट गरेको र बाँकी कुरामा पछि छलफल गरी सहमतीमा पुग्ने बताए ।
कार्यबाहक मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले पनि संविधानत नयाँ सरकार गठन गर्न आव्हान गरेको बताए।त्यस कुरामा प्रदेश प्रमुख सकारात्मक रहेको उनले बताए । तर, नयाँ सरकार गठनको आव्हान हुन प्रदेश प्रमुखले कानुनी परामर्श र छलफलका लागि केही दिन अझै लाग्ने बताएकी छन् ।कांग्रेसको यु टर्नपछि मधेस प्रदेशमा एमाले बाहेकको गठबन्धन सरकार बन्ने सम्भावना बढेको छ।मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले आइतबार दिनभरि सबै दल र संविधान विज्ञसँग परामर्श लिएकी थिइन् ।