सिन्धुलीमा ट्राफिक नियम उल्लंघनका घटनाहरुमा बृद्धि

181 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले बैशाख महिनामा  ६० जना चालकको लागु पदार्थ सेवन चेकजाँच गरेको छ।वि.पी.राजमार्ग र धरान,चतरा हेटौँडा मदनभण्डारी राजमार्गको निर्माणसंगै पूर्वी तथा मध्य तराईका जिल्लाहरुबाट संघीय राजधानी काठमाण्डौँ भित्रने सवारी  साधनहरुको चाप बढी रहेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा ६० जना चालकको लागु पदार्थ सेवन चेकजाँच गर्दा १३ जना चालकमा पोजेटिभ देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम प्रहरी निरीक्षक मोहमद कलिम अन्जुमले जानकारी दिए ।
उनका अनुसार  चार सय ८६ वटा जनचेतनामूलक कार्यक्रम गरिएको छ भने एक हजार ५७ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा १० लाख ३५ हजार ११ रुपैँया राजश्व संकलन भएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को बैशाख महिनामा करिब  ११ वटा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको र १८ जना घाईते भएका छन् भने १८ जना चालकहरुको माद्यक पदार्थ सेवन चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार चैत्र महिनामा भन्दा बैशाखमा ८७ वटा कार्बाही बढ्दा ७१ हजार पाँच सय ११ रुपैँया राजश्व बढेको छ।पाँच वटा बढी दुर्घटना भएका र मृत्यु हुनेको संख्या पनि चैत्र महिनाको तुलनामा दोब्बर भएको छ।
कार्बाही तथा राजश्व बढ्नु भनेको ट्राफिक नियम उल्लंघनका घटनाहरु बढ्नु हो भने ट्राफिक नियम उल्लंघनका घटनाहरु बढ्नुमा ट्राफिक सचेतनामूलक कार्यक्रम प्रभावकारी नहुनु स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार