सर्लाहीका विभिन्न स्थानमा चैत्र महिनामा एक सय ३२ वटा दुर्घटना भएका छन्।पूर्व पश्चीम राजमार्ग सहित विभिन्न भित्री हुलाकी सडक खण्डहरुमा एक सय ३२ वटा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने एक सय ३० जना घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए ।
उनका अनुसार चैत्र महिनामा मात्रै एक हजार दुई सय ४६ वटा कार्बाही हुँदा रु १३ लाख ५५ हजार पाँच सय राजश्व संकलन भएको छ।पाँच सय ३२ वटा ट्रक,२२ वटा बस,एक सय ४५ वटा कार÷जिपका साथै १४ वटा ट्रक,पाँच सय सात वटा मोटरसाईकल र २६ वटा हटो मयुरीलाई गरी एक हजार दुई सय ४६ वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १३ लाख ५५ हजार पाँच सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार फागुनमा भन्दा एक सय नौ प्रतिशतले कारबाही संख्या वृद्धि भएको र सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या फागुन महिना भन्दा चैत महिनामा ७६ दशमलव ५७ प्रतिशतले कमी आएको छ भने चैत्र महिनामा फागुन भन्दा ९९ दशमलव ७७ प्रतिशतले बृद्धि भएको छ ।
जिल्लाका मुख्य राजमार्गका साथै अन्य भित्रि सडक खण्डहरुमा पछिल्लो समय सर्लाही ट्राफिकले आफ्ना गतिविधिहरुलाई तिब्र रुपमा सञ्चालन गरि रहेका कारण सवारी दुर्घटनाका गतिविधिहरु कम हुँदै गएका छन् ।