सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरिया स्थित नवलपुर–मलंगवा सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन् ।नवलपुर–मलंगवा सडक खण्डस्थित गम्हरियाबाट मलंगवा तर्फ जाँदै गरेको प्र.२–०३–०१९ प ३०७ नम्बरको मोटरसाईकलले सोही दिशाबाट आउदै गरेको साईकल तथा पैदल यात्री समेतलाई ठक्कर दिँदा मलंगवा नगरपालिका–११ गम्हरियाका अन्दाजी बर्ष ७० का बालमिकी राय यादवको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार साईकल यात्री मलंगवा नगरपालिका–४ का अन्दाजी बर्ष ५९ का महेश महतो पनि घाईते भएका छन् ।दुर्घटनामा संग्लग्न रहेको मोटरसाईकल र मोटरसाईकलका चालक कबिलासी नगरपालिका–६ का अन्दाजी बर्ष ५० का रामलोचन राय प्रहरीले नियन्त्रणमा लिएको छ ।