Close This

सर्लाहीमा बौलाहा कुकुरको आतंक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२७ गते   ३५९ पटक हेरिएको

सर्लाहीमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । लालबन्दी, हरिवन र ईश्वरपुरमा बौलाहा कुकुरको टोकाईबाट दुई दिनमा ८ जना घाईते भएका छन् । कुकुरले लालबन्दीमा मात्रै ६ जनालाई टोकेको छ । बौलाहा कुकुरको टोकाईबाट लालबन्दी नगरपालिका ७ मा ५ जना र लालबन्दी १० मा १ जना घाईते भएका हुन् ।
 यस्तै हरिवन नगरपालिका–११, बासाटोलमा १ जना र ईश्वरपुरमा १ जनालाई बौलाहा कुकुरले टोकेर रेबिज विरुद्धको भ्याक्सीन लगाउन आएका प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ ।
फरक–फरक ठाउँमा बौलाहा कुकुरको आतंक देखिएकाले कुकुर नजिक पर्दा सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

रेविज विरुद्धको खोप लगाउन जिल्ला अस्पताल मलंगवामा पुग्नु पर्ने बाध्यता भएपनि अहिले भने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमै सो भ्याक्सीन उपलब्ध भएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.चन्दन चौधरीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech