Close This

सर्लाहीमा थपिएको चौथो पटकको निषेधाज्ञाको समय आज सकिदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२४ गते   १९९ पटक हेरिएको

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिम पूर्ण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा (आज)जेठ २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जेठ १७ गते चौथोपटक समयावधि थप गरेर निषेधाज्ञा लम्बयाउनु भएको हो ।  जेठ १७ गतेबाट जारी गरिएको निषेधाज्ञा (आज) मंगलबार रातिबाट सकिँदै छ । जिल्लामा कोरोना संक्रमणको फैलावट बढ्दो क्रममा रहेको पुष्टि गर्दै डीसीसीएमसीले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको समय थप गर्न सिफारिस गर्ने निर्णय गरेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएको थियो । जस अनुसार निषेधाज्ञा चौथो पटक थपेर जेठ २५ गते (आज) राति १२ बजेसम्म पु¥याइएको छ ।
स्थानीय प्रशासनले सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञामा थप कडा पारेको थियो । निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गर्न सुरक्षाकर्मीलाई कडा निर्देशन समेत आएकोथियो । निषेधाज्ञा अवरोध गर्नेलाई १ वर्ष कैद वा रु ५ लाख जरिवाना वा दुवै सजाय गर्ने प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech