डि.व.का.वन अतिक्रमण न्युनिकरणमा सक्रिय हुँदै

371 Shares

सर्लाहीका सामुदायिक वन क्षेतको अतिक्रमण हटाउन डिभिजन वन कार्यालय लालबन्दी सर्लाही तातेको छ।जिल्लाका २० वटा पालिकाहरु मध्य उत्तरी स्थानीय तहहरुका विभिन्न स्थानहरुमा रहेका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र दिनप्रतिदिन अतिक्रमण हुन थालेपछि तातेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले शुक्रबार लालबन्दी नगरपालिका १५ स्थित रहेको तिनतले देउराली सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन सुरु गरेको हो ।
लालबन्दी नगरपालिका १५ स्थित रहेको तिनतले देउराली सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचना शुक्रबार स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा हटाईएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए ।उनका अनुसार वन अतिक्रमण भएको निवेदन वा सूचना वन कार्यालयलाई प्राप्त भएपछि स्थलगत अनुगमन गरी अतिक्रमण भएको क्षेत्रखाली गराउन अभियान नै बनाएर लागेको मधेश प्रदेशका सबै डिभिजन वन कार्यालयहरु लागि परेका छन् ।
हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला वन अतिक्रमण नियन्त्रण समिति रहने र सो समितिले निर्यण गरेपछि नयाँ अतिक्रमणमा शून्य सहनशिल्ता र पुरानो अतिक्रमणको कार्यविधि अनुसार अतिक्रमित वन क्षेत्र फिर्ता गराउने काम हुने डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ। जिल्लाका सामुदायिक तथा राष्ट्रिय वन अतिक्रमणको सिकार भएकाले वन क्षेत्र अतिक्रमण कुनैपनि हालतमा हटाउने र राज्यको नीति अनुसार काम गर्दा आफू पुरा कार्यकाल बस्न नपरेपनि तयार रहेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।उनले राष्ट्रिय तथा सामुदायिक वन अतिक्रमण र वनजन्य पदार्थको चोरी तस्करी तथा गैर कानुनी निकासी पैठारी कुनै पनि हालतमा नियन्त्रणको प्रयास गर्ने समेत बताए ।साथै उनले राष्ट्रिय तथा सामुदायिक वन अतिक्रमणका साथै वनजन्य पदार्थको चोरी तस्करी तथा गैर कानुनी निकासी पैठारी भएको थाहा पाएमा हरेक सचेत नागरिकले डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका साथै नजिकैका वन कार्यालयहरु वा सामुदायिक वन उपभोक्ता समुहहरु र प्रहरी कार्यालयलाई जानकारी दिन पनिसर्व साधारणसंग अनुरोध गरेका छन् ।सुरु सुरुमा अतिक्रमण हटाउने काम गर्दा केही असहज जस्तो भएपनि कुनै आग्रह पुर्वाग्रह नराखी जिल्लाका सबै ठाउँमा भएका वन अतिक्रमण हटाइने समेत डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार