मोटरसाइकल चोरेर भाग्न खोज्ने दुई युवक भरत तालबाट पक्राउ

163 Shares

सर्लाहीको बागमती नगरपालिका १२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) परिसरमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ परेका छन् ।
भरत तालबाट मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा लालबन्दी नगरपालिका १५ बोहोरेडाँडाका अन्दाजी २२ वर्षीय श्यामलाल न्यासुर(तामाङ) र लालबन्दी नगरपालिका १५ देउरालीका अन्दाजी २३ वर्षीय मिम कुमार मोक्तान पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई बागमती नगरपालिका १२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) परिसरमा पार्किङ गरेर राखिएको ना ४२ प ८०५६ नम्वरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्दा गर्दै ताल परिसरबाटै ईलाका प्रहरी कार्यालय हरिवन र ईलाका प्रहरी कार्यालय कर्मैयाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
दुई युवकले प्रयोग गरेको बागमती प्रदेश ०२–०४८ प १६५६ नम्वरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यो मोटरसाइकलको पनि कुनै कागजात नरहेको पाइएकाले चोरीकै हुने आशंकामा अनुसन्धान सुरु गरिरहेको जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार