Close This

आज इद उल फित्र मनाईदै,पवको अवसरमा सावर्जनिक विदा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-११ गते   ३४३ पटक हेरिएको

सर्लाही सहित नेपाल र एसियाली मुलुकमा ईस्लाम धर्मावलम्बीहरुले सोमबार ईद उल फित्र मनाउँदैछन ।अरबी पात्रो हिजरीको ‘रमजानुल मुबारक’ महिनाभरि रोजा बसेपछि यो पर्व मनाईन्छ । राजाको अन्तिम दिन आकाशमा चन्द्रोदय भएपछि ईद उल फित्रको स्वागत गरिन्छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र आईतबार नै भएपनि आकाशमा चन्द्रमा नदेखिने भएका कारण इस्लाम धर्मावलम्बीहरुले सोमबार ईद उल फित्र मनाउने भएका हुन ।इदको दिन बिहान नुहाई धुवाई गरी सफा,नयाँ कपडासहित बास्नादार अत्तर लगाएर इदको नमाज अदा गर्न इदगाह(खुल्ला स्थान) वा मस्जीद जान्छन ।
इदगाह(खुल्ला स्थान) वा मस्जीदमा भेला भएर समुहमा नमाज पढेपछि एक आपसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्ने र खुसी तथा भाईचारा साट्ने पर्व पनि भएका कारण एक आपसमा गला मिलाउने गरिने मलंगवा नगरपालिकाकी नगर उप प्रमुख समेत रहनु भएकी (हाजिम) शान्ती कुमारी मिक्रानीले बताउनु भयो । उप प्रमुख मिक्रानीका अनुसार यो पर्वमा परिवार,आफन्तजन,छरछिमेकीलाइ सेवइ लगायतका मिठा परिकार खुवाउने प्रचलन गरेको छ ।
सोही अवसरमा गृह मन्त्रालयले सोमबार सार्वजनिक विदा समेत दिएको छ । इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार परेको भएपनि आईतबार चन्दैमा नदेखिने भएका कारण सोमबार समापन हुँदैछ । मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा सोमबार १२  गते विदा दिने निर्णय गरेको गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech