Close This

बागमती नगरपालिकाद्धारा एक वर्षेको सम्पन्न कार्यक्रम सार्वजनिक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२४ गते   ५२९ पटक हेरिएको

गणेश खड्का
सर्लाहीको बागमती नगरपालिकाले नगर भित्रको करिब पाँच सय किलोमिटर सडकको स्तरोउन्नती  गरेको छ । १२ वटा वडा रहेको बागमती नगरपालिकाले हाल सम्म करिब तीन सय किलोमिटर सडकको स्तरोउन्नती र करिब दुई सय किलो मिटर सडक पिच तथा कालो पत्रे गरेको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार देश संघिय संरचनामा गएपछि भएको स्थानीय तहको निर्वाचन पछि हाल सम्म नगरपालिकाले विभिन्न वडाहरुका सात हजार पाँच सय घरधुरी सुकुम्बासीहरुको समेत व्यावस्थापन गरेको छ ।
१२ वटा वडाहरु रहेको बागमती नगरपालिकाका अधिकांश वडाहरुमा जनप्रतिनिधिहरु दोस्रो कार्याकालका लागि पनि निर्वाचित भएका र नगरको विकासका सवालमा सबै जनप्रतिनिधिहरुको एकमत रहेका कारण नगरपालिकाले नगर भित्रका सबै सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तरका साथै भौतिक संरचनाहरु पुन निर्माण समेत गरेको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिए । 
उनका अनुसार नगरको विकासका सवालमा नगरका सबै जनप्रतिनिधिहरुको एउटै धारण रहेका कारण नगरका सबै २५ वटै सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधारहरुका साथै शैक्षिक गतिविधिहरुमा सुधार गरिएको र नगर भित्र रहेका तीनवटा विद्यालयहरुमा  प्राविधिक शिक्षा (सिभिल इन्जिनियरिङ ,पशु विज्ञान र वाली विज्ञान) संचालन गरिएको हो ।
नगरको विकासमा सबै जनप्रतिनिधिहरुको एकमत रहेका कारण नगर भित्र सुत्केरी  सुरक्षा पोषण  भत्ता(छोरा जन्मे तीन हजार छोरी जन्मे पाँच हजार),पशु सुत्केरी भत्ता,कृषि  योग्य भुमिको राजस्व छुट,नगर गौरवको आयोजनाहरु(फनपार्क निर्माणाधिन, बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन र नगर बगैँचा निर्माण भएको बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप आचार्यले जानकारी दिए ।
उनका अनुसार १५ शैयाको नगर अस्पताल निर्माणाधिन,जेष्ठ  नागरिक,महिला,पिछडा वर्ग लक्षित कार्यक्रम संचालन,कृषि पेशालाइ विशेष ध्यान दिँदै खाद्यान्न भन्डारणको निर्माण लगायतका महत्वपुर्ण कामहरु भएका छन् ।
बागमती नगरपालिका १ स्थित रहेको चुरे क्षेत्रका बस्तीहरुमा पिउने पानीको  समस्या समाधानका लागि लिफ्ट प्रबिधीबाट पानी संचालन,नगर स्तरिय वर्थिङ सेन्टर संचालन,नगर भरी चारवटा स्वास्थ्य केन्द्र संचालन र दुई वटा स्वास्थ्य इकाइ समेत स्थापना गरिएको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए ।
नगर भित्रका दिर्घ रोगीहरुलाई उपचार र अति आवश्यक औषधीहरु निःशुल्क,खानेपानीको समस्या हुन नदिन नगरभरी विभिन्न स्थानमा पानी ट्यांकीको निर्माण,नेपालकै उच्च प्रबिधी युक्त रोडसाइड स्टेशनको डिपिआर समेत तयार भई सकेको प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोख्रेलले जानकारी दिए ।
उनका अनुसार बागमती नदी किनारमा प्रविधियुक्त आर्यघाट निर्माणाधिन र बुद्ध पार्क निर्माणाधिन अवस्थामा रहेको छ ।जनप्रतिनिधिहरुले नगरको विकासका लागि साझा धारण बनाएका कारण काम गर्न सहज र सफल भएको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech