लालबन्दी नगरपालिकाका शिक्षा अधिकृत तिमल्सिनासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

927 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सर्लाहीका तत्कालीन उप जिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिनासहित तीन जना उपर भ्रष्टचार मुद्दा दायर गरेको हो ।
आयोगले उनीहरूमाथि गलत लिखत तयार गरेको आरोपमा मुद्दा दर्ता गरेको जनाएको छ । उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएका पाँचु रायलाई नियुक्ति दिएको, हाजिरी रेकर्डलगायत अभिलेख बिना र शिक्षक सरुवा गर्ने अधिकारीको निर्णय नै नगराई तिमिल्सिनाले नियुक्ति दिएको अख्तियारको आरोप छ । 
तिमल्सिनाले रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालयको तत्कालीन उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा गर्न नक्कली लिखत बनाएर केश्वर गरिब जनता माविमा सरुवा गरेका आयोगले जनाएको छ।साविक डिम जनता उच्च माध्यमिक विद्यालय परवानीपुरका तत्कालीन प्रधानाध्यापक हाल हरिवन नगरपालिका २ को रामअवतार जनता माविमा रहेका प्रधानाध्यापक नारायण प्रसाद बरालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
उनले शिक्षक रायलाई केश्वर गरिब जनता माविको उमावि शिक्षक अनुदान कोटामा सरुवा गर्न डिम जनता उ.मा.वि परवानीपुरको निर्णयानुसार भनी अर्थशास्त्र विषयमा करार नियुक्त गरेको भनी नक्कली लिखत तयार पारेका थिए।साथै श्री केश्वर गरिब जनात मावि हरिपूर्वाका शिक्षक रायलाई पनि प्रतिवादी बनाई अख्तिायरले मुद्दा चलाएको अख्यितार प्रवक्ता भोला दाहालले जनाएका छन् । 
रायले उमावि शिक्षक अनुदान कोटाको शिक्षकको पदमा कार्यरत रही सोही ओहोदाबाट २०७४ सालको निर्वाचनमा मतदान अधिकृतको समेत काम गरेको नक्कली कागजात बनाएका थिए।

सम्बन्धित समाचार