Close This

लक डाउनको विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक मंगलबार साँझ बस्ने

पत्र पत्रिका    प्रकाशित: २०७७-२-२७ गते   २९१ पटक हेरिएको

लकडाउन लम्बिदै जाँदा सडकमै सरकारको विरोधमा व्यवसायी र सर्वसाधरण उत्रन थालेपनिछ यसको स्वरुप परिवर्तन र केहि क्षेत्रमा गर्नुपर्ने नियुत्ति लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक मंगलबार साँझ बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्ने मन्त्रिपरिषद् बैठकले कोरोना महामारी विरुद्ध थप सशक्त ढंगले अगाडी बढ्ने लकडाउनेले पारेको असरकार विषयमा छलफल गरी नयाँ मोडालिटिमा जाने उदेश्यले बैठक ठाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने बताइएको छ । यस्तै चिकित्सा शिक्षा अध्ययन संस्थान अर्थात् आइओएमको डिन नियुक्त गर्न तयारी भएको छ ।यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। जारी लकडाउन जेठ ३२ गतेसम्म रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech