सर्लाहीका विभिन्न स्थानहरुमा सञ्चालित बस टिकट काउन्टहरु गैर कानुनी रुपमा सञ्चालनमा रहेका पाइएको छ।बस टिकट काउन्टर सञ्चालनका लागि विभिन्न किसिमका मापदण्डहरू रहेका भएपनि कुनै पनि टिकट काउन्टरहरुले त्यो मापदण्ड पालना नगरेको पाइएको हो ।बस टिकट काउन्टर यात्रुहरुको सुविधा,बस स्टेसन,व्यस्त बजार क्षेत्र आदिमा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सुरक्षा मापदण्डहरू,टिकट बिक्रीका लागि आवश्यक प्रविधि,टिकट मूल्य र अन्य शुल्कहरू स्पष्ट रूपमा उल्लेख गरिनुका साथै यात्रुहरूको समस्या समाधान र सेवा प्रवाहमा दक्षता सुनिश्चितता,स्वच्छता र स्वास्थ्य मापदण्डहरूको पालन का साथै जिल्लामा सञ्चालित कुनैपनि टिकट काउन्टरहरुले स्थायी लेखा नम्बर नलिएका साथै टिकको चलानको नक्कलकपी नराखेको पाइएको हो ।यसका साथै कुनै पनि टिकट काउन्टरहरुमा भाडा दरलिष्ट नराखेको पाइएको हो ।
राज्यलाई कर समेत नतिरि आफुखुसी टिकट छापेर राज्यलाई कर समेत छली आफुखुसी भाडा लिएर यात्रुहरुलाई ठगी गरेका भएका पनि सरोकारवाला निकाय मौन देखिएको छ।गाउँपालिका/नगरपालिका,घरेलु तथा साना उद्योग कार्यालय,आन्तरीक राजश्व कार्यालयका साथै यातायात कार्यालयहरुका साथै परिवहन विभागमा समेत दर्ता गर्नु पर्ने प्रावधान रहेपनि जिल्लामा सञ्चालित करिब दुई दर्जन टिकट काउन्टरहरु सञ्चालनमा रहेका पाइएको हो ।तिनै टिकट काउन्टरहरुबाट यात्रुहरु दिनदहाडै ठगीने गरेका भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका साथै सरोकारवाला कार्यालयहरु यातायात कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय र कर कार्यालयका साथै जिल्ला प्रशासन कार्यालय मौन देखिएका स्थानीय जानकारहरु बताउँछन् ।