Close This

माओवादी केन्द्र मलंगवा ६ को वडा भेला सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-४ गते   ५२० पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) मलंगवा नगरपालिका ६ को वडा भेला सम्पन्न भएको छ । शनिबार (माओवादी केन्द्र) मलंगवा नगरपालिका ६ को वडा भेला सम्पन्न भएको हो ।
सफिउल्ला खानको अध्यक्षया तथा पार्टीका केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा भएको वडा भेलाले इम्ताज मिकरानीको अध्यक्षतामा वडा कमिटि गठन गरेको छ ।
मलंगवा नगरपालिका ६,खुटौनामा आयोजना भएको भेलाबाट उपाध्यक्षमा सियाराम राय,कोषाध्यक्षमा बसिर खान,सचिवमा पन्नेलाल राय र सह–सचिवमा पर्मेश्वर साह  लगायत २९ सदस्यीय वडा कमिटि गठन गरिएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई समेत मध्यनजर गरेर माओवादी केन्द्रले आफ्ना गतिविधिहरु सुरु गरेको छ । वडा भेला कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सावित्री बुढाथोकी,महिला सगंठन सर्लाहीकी जिल्ला इन्चार्ज  विनिता दाहालमलंगवा नगर कमिटिका अध्यक्ष लक्ष्मी नारायण  चौधरी लगायत माओवादी केन्द्रका नेता एवम कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech