संविधान दिशवको पुर्व सन्ध्यामा देशका विभिन्न स्थानहरुमा विभिन्न किसिमका कार्यक्रमहरु गरिएका छन्।जस अनुसार डिभिजन वन कार्यालय लहान सिरहाले वृक्षरोपण गरेको डिभिजन वन कार्यालय लहान सिरहाका डिभिजन वन अधिकृत शैलेन्द्र मिश्रले जानकारी दिए ।
उनका अनुसार संविधान दिवसको अवसरमा सिरहाको चोहर्वामा रहेको जोभा सामुदायिक वन उपभोत्ता समुहको वन क्षेत्रमा करिब एक हजार दुई सय विभिन्न प्रजातीका विरुवा रोपिएको हो।वृक्षारोपण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल लगायत जिल्लाका सुरक्षा अधिकारीहरु,वनकर्मीहरु र स्थानीयको सहभागीता रहेको थियो ।
त्यसैगरी,डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले पनि जिल्लाको चुरे क्षेत्रमा स्थलगत गस्ती गर्दै चुरे क्षेत्रबाट भई रहेको वन विनाशको समस्या समाधानका लागि आवश्यक तयारी गरेको डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका सहायक वन अधिकृत सजन चौधरीले जानकारी दिए।उनका अनुसार डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीका डिभिजन वन अधिकृत सन्तोष कुमार झा ,सव डिभिजन वन कार्यालय घारीका प्रमुख सत्यदेव यादव सहितको वन गस्ती टोलीले अवैध तरिकाबाट नदीजन्य पदार्थ उत्खनन् गरी रहेको भन्ने विशेष सूचनाको आधारमा तीन वटा ट्रयाक्टर नियन्त्रमा लिएको र आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया सुरु गरेको छ ।
संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते आर्थत आजका दिन मनाइन्छ।नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्।त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ।पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ ।