मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको दुधौली नगरपालिका ४ लक्ष्मीपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन्।मदन भण्डारी राजमार्ग अन्र्तगत भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्र.१–०२–००२ ख ०४११ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०१–००१ प २१४२ र मधेश प्रदेश ०२–००६ प ५८४१ नम्बरका दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुधौली नगरपालिका ११ टाँडीका अन्दाजी ३४ वर्षीय रामकुमार कुँमर र दुधौली नगरपालिका ३ का अन्दाजी २५ वर्षीय फुलबाबु धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार दुर्घटनामा दुधौली नगरपालिका ३ का अन्दाजी २६ वर्षीय विप्लभ धामी,सोही ठाउँका अन्दाजी २७ वर्षीय बुद्धी थारु,अन्दाजी २५ वर्षीय सुनिल माझी र अन्दाजी ३२ वर्षीय कुशे धामी घाईते भएका छन् ।जसमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा संग्लग्न तीन वटै सवारी साधनहरु सहित ट्रकका चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ का अन्दाजी २५ वर्षीय शेर बहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।