कमलामाई नगरपालिका–२ चियाबारीदेखि ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म क्याप्टेन किनलोक पदमार्ग निर्माण सुरु भएको छ । कमलामाई नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको पाँच लाख बजेटबाट पदमार्ग निमार्ण सुरु गरिएको कमलामाई नगरपालिकाका नगरप्रमुख खड्ग बहादुर खत्रीले बताए । उनका अनुसार चियाबारी, फेदी, सिउरानी, ढुंग्रे भन्ज्याङहँुदै सिन्धुलीगढीसम्म करिब चार किलोमिटर पदमार्ग निर्माण सम्पन्न हुनेछ । पदमार्ग निमार्णका लागि कमलामाई नगरपालिकाले यो वर्ष केही बजेट छुट्टाएको र अपुग भएमा नगरले फेरि बजेट छुट्टाउने खत्रीको भनाइ छ ।
पदमार्ग निमार्णको पहिलो चरणका काम सकिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष भोलाकुमार जर्गा मगरले बताए । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको पाँच लाख बजेटबाट हामीले पुरानो शैलीमा ७० वटा सिँढी निमार्ण ग¥यौ, उनले भने, ‘क्याप्टेन किनलोक पदर्माग निर्माणमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएका र लक डाउनका कारण रोजगारी गुमाएका स्थानीयहरूलाई काममा लगाएका थियौँ ।’ मगरका अनुसार सिन्धुलीगढी आक्रमणमा जाँदा अंगे्रज फौज हिँडेको सोही बाटोे चार किलोमिटर उकालो मार्गलाई पदमार्गको रूपमा विकास गरिन लागिएको हो ।
कमलामाई नगरपालिकाले गत फागुन महिनामा नै हाल निर्माण सुरु गरिएको पदमार्गको बाटो हुँदै सिन्धुलीगढीसम्म अन्तअभियान पदयात्रा गर्ने तयारी गरे पनि कोरोनाका कारण स्थगित भएको थियो । भ्रमण वर्षलाई लक्षित गरी आयोजना गर्न लागिएको पदयात्रा कार्यक्रमले सिन्धुलीगढीको प्रचारप्रसार एवं प्रवद्र्धन र इतिहास स्मरणमा मद्दत पुग्ने अपेक्षा गरिएको थियो । नेपाल एकीकरणको बेला १८२४ सालको सिन्धुलीगढी युद्धमा क्याप्टेन किनलोकको नेतृत्वमा आएको अंग्रेज फौज सोही बाटो हिँडेकोले भ्रमण वर्षलाई लक्षित गरी पदयात्रा आयोजना गरिएको भए पनि स्थगित गर्नुपरेको नगरपालिकाले जनाएको छ ।
सेनाको नेपाल एकीकरण पदमार्गअन्तर्गत सिन्धुलीगढीदेखि हरिहरपुरगढी, हरिहरपुरगढीदेखि मकवानवुरगढी र सिन्धुलीगढीदेखि उदयपुरगढीसम्म सेनाले पदमार्गको रेकी गर्ने, दुरी नाप्ने, ठाँउठाँउमा चिन्ह राख्ने कार्य सम्पन्न भइसकेको छ ।उर्मिला भट्टराई