ट्याक्टर र कार ठोक्किदा २ जना घाईते

180 Shares

पूर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवन नगरपालिका ११ स्थित सम्राट होटल अगाडिको पश्चीम लच्कामा टयाक्टर र कार एक आपसमा ठोक्किदा दुई जना घाईते भएका छन् ।

WhatsApp Image 2026-02-02 at 7.50.14 PM.jpeg
सोमबार साँझ करिब ७ः४५ बजे पुर्वबाट पश्चीम तर्फ गई रहेको ना ६ त ८८९८ नम्बरको ट्याक्टर र विपरित दिशाबाट आई रहेको बा २० च १११६ नम्बरको कार एक आपसमा ठोक्किदा टयाक्ट र कार दुवै सवारी साधनका चालकहरु घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार कार चालक हरिवन नगरपालिका ९ का अन्दाजी वर्ष ३८ का समिर खड्का र ट्याक्टर चालक रौतहटको दुर्गा भगवती गाउँपालिका ४ छतौना टोल बस्ने अन्दाजी वर्ष २५ का मुकेश यादव घाईते भएका हुन् ।

WhatsApp Image 2026-02-02 at 7.50.13 PM.jpeg

WhatsApp Image 2026-02-02 at 7.50.11 PM.jpeg
घाईते मध्य कार चालक खड्कालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि अन्यन्त्र पठाईको छ भने ट्याक्टरका चालक यादवको हाल हरिवनमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।दुर्घटनामा संग्लग्न दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन् ।

WhatsApp Image 2026-02-02 at 7.50.10 PM.jpeg

सम्बन्धित समाचार