हरिपूर्वा नगरपालिकाका दुईवटा विद्यालय भवनको शिलान्यास गरिएको छ। हरिपुर्वा नगरपालिका ९ स्थित रहेको रामजानकी माध्यमिक विद्यालय बसन्तपुर र हरिपूर्वा नगरपालिका ८, स्थित कन्या आधारभूत विद्यालय बसन्तपुरको भवन सिलान्यस गरिएको हरिपुर्वा नगरपालिकाको शिक्षा शाखाका संयोजक जनक काफ्लेले जानकारी दिए ।
उनका अनुसार हरिपुर्वा नगरपालिका ९ स्थित रहेको रामजानकी माध्यमिक विद्यालय बसन्तपुरको रु आठ करोड पाँच लाख ९६ हजार २५ रुपैँया ५६ पैसामा निर्माण हुने विद्यालय भवन र हरिपुर्वा नगरपालिका ८ स्थित रहेको कन्या आधारभूत विद्यालय बसन्तपुरको रु २५ लाखमा निर्माण हुने भवनको सिलान्यास गरिएको हो ।
संघीय सरकारको आठ करोड पाँच लाख ९६ हजार २५ रुपैयाँ ५६ पैसाबाट बहु वर्षे योजना अन्तर्गत तीन वर्षभित्र तीन तले विद्यालय भवन,दुई तले प्रशासनीक भवन,पुस्तकालय र चमेना गृह निर्माण हुने विद्यालय भवनको सिलान्यास गरिएको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साहले जानकारी दिए।उनका अनुसार विद्यालय भवनको सिलान्यास कार्याक्रममा हरिपुर्वा नगरपालिकाकी नगर उप प्रमुख सुमित्रा देवि ग्वारनी,हरिपुर्वा नगरपालिका ८ का वडाध्यक्ष रामेश्वर राय र हरिपुर्वा नगरपालिका ९ का वडाध्यक्ष सुरेन्द्र महतो कोईरीका साथै स्थानीय जनप्रतिनिधिहरु र शिक्षा शाखाको समेत उपस्थिति रहेको शिक्षा शाखा प्रमुख काफ्लेले जानकारी दए ।