सर्लाहीको हरिवन नगरपालिका ४ गेलाका शारीरिक अपांगलाई आर्थिक सहयोग प्राप्त भएको छ । हरिवन नगरपालिका ४ गेलाका शारीरिक अपांग त्रिभुवन महतोलाई २५ हजार नगद सहयोग प्राप्त भएको हो । बौद्धिक तथा शारीरिक अपांग सेवा केन्द्रको समन्वयमा अपांगलाई हरिवन नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।
हरिवन नगरपालिकाले शारीरिक अपांग महत्तोलाई १० हजार नगद सहयोग गरेको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो । साउनमा आएको अविरल वर्षाका कारण घर भत्कीदा गम्भिर घाइते भएका ७६ बर्षिय महतोलाइ राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा उपचार पछि घर ल्याइएको छ ।
स्थानीयबासीले चन्दा उठाएर उनको उपचार गरेका नेकपा सर्लाहीका नेता चुडामणी वाग्लेले बताउनुभयो । अहिले पनि उनी ओछ्यानमै थला परेका छन भने उनका श्रीमती, छोरा र छोरी पनि अपांग रहेका बौद्धिक तथा शारीरिक अपांग सेवा केन्द्रले जनाएको छ ।