२ मानिस २ सवारी साधन सहित साँढे तीन लाख बढीको भन्सार छलीको सामान नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२३ गते   ७४८ पटक हेरिएको

सर्लाहीका विभिन्न स्थानबाट प्रहरीले दुई  जना मानिस सहित दुई वटा सवारी साधन र करिब साँढे तीन लाखको भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले करिब रु तीन लाख ५० हजार ५० बराबरका भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सामानहरु बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार जिल्लाको मलंगवा नगरपालिका ५ स्थित भाँडसर सिमा क्षेत्रबाट भन्सार छली लुकाई छिपाई नेपाल ल्याँउदै गरेको अवस्थामा प्र.२–०३–०१५ प ३३५७ नम्बरको मोटरसाईकल सहित विभिन्न प्रकारका कपडाहरु गरी करिब रु एक लाख ६९ हजार पाँच सय, मलंगवा नगरपालिका ४ स्थित पेट्रोलपम्पबाट खटिएको प्रहरी टोलीले मलंगवाबाट बरहथवा तर्फ जाँदै गरेको बसबाट चामल,खाद्यान्न,भोजमा प्रयोग गरिने पत्ता गरी करिब रु २२ हजार सात सय बराबरको भन्सार छलीका सामानहरु नियन्त्रणमा लिइएको हो ।
बसबरिया गाउँपालिका ४ गोनर्वाबाट विआर ०६ पिए ७८७१ नम्बरको  टाटा सुमोलाई रोकी चेकजाँच गर्दा उक्त सुमो भित्र अबैध रुपमा भन्सार छली ल्याईरहेको चिनी करिब रु ७५ हजार बराबरको र सोही सुमोका चालक सर्लाहीको कविलासी नगरपालिका ७ गैर बस्ने अन्दाजी वर्ष ४४ को राम सुदिल राय र सोही सुमोमा सवार कविलासी नगरपालिका ७ गैर नै बस्ने अन्दाजी वर्ष २६ को सुनिल यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार पर्सा गाउँपालिका १ स्थित संग्रामपुरबाट चिनी,बिस्कुट गरी चार हजार र ब्रहम्पुरी गाउँपालिका चार स्थित त्रिभुवननगरबाट ना ८ ख ८३१० र ना ४ ख ५३९९ नंम्बरको बसलाई रोकी चेकजाँच गर्दा चिनी,धनिया,लाईनुलको झोला गरि करिब रु.२३ हजार आठ सय ५० बराबरको सामान नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामानहरुका साथै सवारी साधनहरु र मानिसहरुलाई प्रहरकिो नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech